१३ स्वर्ण सहित जुनिएर तेक्वान्दोमा सहिद स्मृति स्कूल विजयी
पोखरा । पोखरामा भदौ २८ गते देखि सुरु भएको ७ औं कास्की जिल्ला स्तरीय जूनियर तेक्वान्दो रनिङ सिल्ड प्रतियोगितामा १३ स्वर्ण सहित सहिद स्मृति स्कुल मझेरीपाटन विजयी भएको छ । प्रतियोगिता आईतबार राती सम्पन्न भएको थियो । उक्त्त प्रतियोगितामा पुम्से र गेरोगी गरेर ४५० जनाको सहभागिता रहेको प्रतियोगिता संयाेजक निशान कार्कीले बताए । प्रतियोगितामा २० केजि तौल समुह पुरूष तर्फमा याप्सुलुटका सुप्रीम गुरुङ प्रथम, सहिद स्मृतिका सिम्मसन गुरूङ दोस्रो,पोखराका आरोन थापा र राईजिङ स्टारका अब्रीम बराल तृतिय भए ।…
पुरा पढौ
माछापुच्छ्रे गाउँपालिकामा बाल संवाद कार्यक्रम सम्पन्न
पोखरा। माछापुच्छ्रे गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा “बालबालिकामा लगानी सुनिश्चितः भविष्यको थालनी” भन्ने नाराका साथ ६० औं राष्ट्रिय बाल दिवस २०८१ विषेश बाल संवाद कार्यक्रम शनिवार सम्पन्न भएको छ । नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको दिनलाई राष्ट्रिय बाल दिवसका रुपमा मनाइँदै आएको छ । संवाद कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक विद्मालयका विद्मार्थीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो । सहभागि विद्मार्थीहरुले आधारभुत आवश्यकताहरु माया, ममता, संरक्षण, स्वस्थ वातावरण,उचित पोषण, शिक्षा, शिक्षक र अध्यन्रत…
पुरा पढौ
परिषदको वार्षिक प्रतिवेदन प्रदेश सरकारका मुख्यमन्त्रीलाई हस्तान्तरण
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको २०८०/०८१ को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री तथा प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका विन्दु कुमार थापाले उक्त वार्षिक प्रतिवेदन सरकारका मुख्यमन्त्री एवं परिषदका संरक्षक पाण्डेलाई हस्तान्तरण गरेका हुन् । मुख्यन्त्री कार्यालयमा प्रतिवेदन हस्तान्तरण गरे संगै मुख्यमन्त्री पाण्डेले उक्त प्रतिवेदन सार्वजनिक समेत गरे । सो अवसरमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा।टकराज गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य…
पुरा पढौ
सहाराले एनएसजेफ गण्डकीको अक्षयकोषमा ५१ हजार सहयोग
पोखरा । एनएसजेफ (नेपाल खेलकुद पत्रकार मञ्च) गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा पोखराको सहारा क्लवले सहयोग गरेको छ । सहारा क्लवको २६ औं बार्षिकोत्सवको अवसरमा क्लवले आइतबार उक्त सहयोग रकम बराबरको चेक मञ्चलाई हस्तान्तरण गरेको हो । प्रमुख अतिथी गण्डकी प्रदेशका समाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, क्लवका अध्यक्ष केशवराज बरालले संयुक्त रुपमा सो रकम बराबरको चेक मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गर्नु भएको हो । यस अघि मञ्च गण्डकीको उक्त अक्षयकोषमा निवर्तमान महासचिव विजय नेपालले ११ हजार…
पुरा पढौ
बाल दिवसमा १०० जनाको स्वास्थ्य परीक्षण
पोखरा । ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण गराएका थिए । बिकलागं मित्र समुह÷अपांग बाल अस्पताल तथा पुूर्नस्थापना केन्द्र बनेपाको, पोखरा महानगरपालिका समाजिक विकास महाशाखा र महानगर बाल मञ्चको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा जन्मजात खुुट्टााको पैतलाभित्र फर्केको, आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, भाँचिएको बांगो, हड्डी नजोडिएको खुुट्टा लुुलो र कमजोर भएको, जोर्नीहरु दुुख्ने र…
पुरा पढौ
पलेशालाई पोखरामा सम्मान गर्नेको ओईरो
पोखरा । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा सम्मान गर्ने संस्थाको ओईरो लागेको छ । पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई आज (आईतबार) पोखराको रङशालामा एक कार्यक्रम बिच विभिन्न संघ संस्थाले नगद सहित सम्मान गरेको हो । गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघको संयूक्त आयोजना भएको सम्मान कार्यक्रममा पोखरा महानगरपालिकाले २ लाख २२ हजार २ सय २२ नगद सहित सम्मान पत्रले सम्मान गरेको हो । नेपाली खेलदुद…
पुरा पढौ
एमसीएल ३ का लागि खेलाडीहरुको खरिद सुरु
पोखरा । पोखरामा व्यवसायिक क्रिकेट गतिविधी सञ्चालन गर्दै आएको माछापुच्छ«े क्रिकेट क्लबको आयोजनामा माछापुच्छ«े क्रिकेट लिगको सिजन ३ आगामी शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा सहभागिताका लागि आवेदन दिएका १ सय २० खेलाडीलाई आयोजकले अक्सन मार्फत विभिन्न टिममा आबद्द गराएको छ । प्रतियोगितामा भाग लिन लागेका विभिन्न टिमहरुले यि खेलाडीहरुका लागि न्यूनतम ५ सय देखि १० हजार सम्मको मुल्य लगाएर खरिद गरे । प्रतियोगितामा यसपटक ८ टोलीले सहभागिता जनाउँदै छन् । जसमा इस्लामिक कंक्रर्स, एभरेष्ट क्रिकेट क्लव, पोखरा फिनिक्स, कुस्मा वारियर्स,…
पुरा पढौ
डुम्रे साँस्कृतिक यूवा परिवारको बालकार्यक्रम
शम्भु श्रेष्ठ,, तनहुँ । बन्दिपुर स्थित डुम्रे साँस्कृतिक यूवा परिवारले बाल दिवसको अवसर पारेर आयोजन गरेको २ दिने बालकार्यक्रम आज (शनिबार) सम्पन्न गरेको छ । विधालय स्तरीय उक्त कार्यक्रममा कक्षा ६ देखि १० कक्षा सम्मका विद्यालथीहरु विच विभिन्न कार्यक्रमहरु संचालन गरिएको कार्यक्रम संयोजक अनमोल पियाले बताए । डुम्रे साँस्कृति यूवा परिवारले आफ्नो स्थापना कालदेखि नै संस्कृतिको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद आदि विषयहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ । “बालबालिकालाई गुणस्तरीय शिक्षा आजको आवश्यकता” भन्ने मुलनाराका साथ संचालन भएको…
पुरा पढौ
विद्यालय स्तरिय ब्याडमिन्टन च्याम्पियन मैत्रिय पाठशाला
पोखरा । पोखराको रंगशालामा शुक्रबार देखि सुरु स्व.इन्द्र बहादुर गुरुङ स्मृति विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मैत्रिय पाठशाला च्याम्पियन बनेको छ । सम्पन्न खेलमा १२ अकं बटुल्दै मैत्रिय पाठशाला च्याम्पियन बनेको हो । ११ अकं सहित मदरल्याण्ड दोस्रो र १० अकं बटुल्दै प्रतिभा बोडिङ स्कुल तेस्रोे भए । शनिबार सम्पन्न भएको खेलमा कक्षा १ देखि ५ सम्मका छात्र सिंगल तर्फ मैत्रिय पाठशालाका मिजास उदास प्रथम,मैत्रिय पाठशाला कै प्रसिद दुरा द्धितिय,सेन्ट फ्रान्सिसका उज्वल थापा र न्यूमिलिनियमका साइमन भण्डारी तृतिय भए । छात्रा…
पुरा पढौ
सुनास कास्कीको अध्यक्षमा : कोइराला
पोखरा । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला निर्विरोध चयन भएका छन् । शुक्रबार सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शान्तिकुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा शिवहरि आचार्य निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मञ्जु गौतम, इन्दिरा भण्डारी, घनश्याम पौडेल र ईन्दिरा दाहाल रहेका छन् । बाँकी दुई सदस्य पछि…
पुरा पढौ