आन्दोलनरत शिक्षक र सरकार वार्तामा बस्दै

santan ads

नयाँलिपिः आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज अपराह्न वार्ता हुने भएको छ । शिक्षा मन्त्रालयका अनुसार वार्ता तीन बजेपछि हुनेछ र शिक्षामन्त्री रघुजी पन्तले नेतृत्व गर्नेछन् ।

सरकारको निमन्त्रणापछि महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भने, “नवनियुक्त मन्त्रीले बोलाएको हुनाले मन्त्रालय जान लागेका हौं, यसलाई औपचारिक वार्ता भन्न मिल्दैन।”

संसद भवन परिसरमा पत्रकारहरूसँग बोल्दै शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गरेका थिए । “कानुन र बजेटले भ्याउनेसम्मको माग सम्बोधन गर्न सरकार तयार छ,” उनले भने ।

यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकहरूको माग सम्बोधन गर्न आदेश दिँदै शिक्षण वातावरण बनाउन सरकारलाई निर्देशन दिएको थियो । शिक्षकहरू चैत २० देखि लगातार आन्दोलनरत छन् ।

Scroll to Top