नेपाल सुपर लिगमा उपाधिको लागि ललितपुर र पोखरा भिड्ने

santan ads

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उपाधिका लागि शनिबार ललितपुर सिटी एफसी र पोखरा थण्डर्स भिड्दैछन ।
ललितपुर सिटी साविक विजेता हो भने पोखरा थण्डर्स पहिलो पटक फाईनल पुगेको हो ।

ललितपुर सिटि इतिहासलाई दोहरयाउने दाउमा रहेको छ भने पहिलो पटक फाईनल प्रवेश गरेको पोखरा इतिहास रच्ने लक्ष्यमा रहेको छ । इतिहास दोहोरिन्छ कि इतिहास रच्छ त्यो भने शनिबारको नतिजा कुर्नुपर्ने हुन्छ ।

ललितपुर सिटी एफसी यस सिजन अपराजित रहदै फाईनलमा पुगेको हो भने कमजोर सुरुवात गरेको पोखराले उत्कृष्ट पुनरागमन गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो ।

लिग चरणमा ६ मध्ये २ खेलमा जित, २ बराबरी र २ मा हारको नतिजासहित चौथो हुँदै पोखरा प्लेअफ पुगेको थियो । काठमाडौ रेजर्ससँग समान ८ अंक भएपनि गोलअन्तरमा पोखरा अघि रहँदै भाग्यमानी बनेको थियो । यो अर्थमा पनि पोखरालाई मिहिनेत र भाग्य दुवैले साथ दिएको देखिन्छ ।

पहिलो खेलमा एफसी चितवनसँग २-० र दोस्रो खेलमा ललितपुर सिटीसँग ३-२ ले पराजित भएपछि पोखरा सुरुवातमै दबाबमा परेको थियो ।

यो नतिजाले निराश बनेको पोखरा थण्डर्सका समर्थकहरुले पोखरा बाहिरिने अनुमान गरेको थियो । यो अनुमानलाई गलत सावित गर्दे पोखराले सानदार खेल पस्कदै फाईनलको यात्रातय गरेको हो ।

Scroll to Top