नयाँलिपिः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डिन प्राडा श्रीकृष्ण श्रेष्ठले पाएका छन् ।
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको कार्यकाल सकिएसँगै कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार प्रतिष्ठानका निमित्त उपकुलपति तोकेका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा डुकबहादुर क्षेत्री थिए ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर डबलबहादुर धामीले पाएका छन् ।
त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुपतिको जिम्मेवारी रेक्टर प्राडा पवन शर्मा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्राडा संजीव शर्मालाई दिइएको छ ।
निमित्त उपकुलपतिहरुलाई प्रतिष्ठानको नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि नियमित शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्ने अधिकार दिइएको हो ।