स्पेनिस ला लिगा : बार्सिलोना झिनो अन्तरले विजयी

santan ads

नयाँलिपि ।स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर बार्सिलोना भिनोअन्तरले विजयी भएको छ । बार्सिलोनाले सेल्टा भिगोलाई ४–३ ले पराजित गर्दे विजयी भएको हो ।

३–१ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनालाई जित दिलाउन राफिन्हाले २ गोल गरे ।
यस्तै, फेरान टोरेश र डानी अल्मोले समान एकएक गोल गरे । यता सेल्टा भिगोका लागि बोर्जा इग्लेसियासले ह्याट्रिक गरे पनि निराश बने ।

खेलको पहिलो अग्रता भने १२ औँ मिनेटमा टोरेसको गोल मार्फत बार्सिलोनाले गरेको थियो । तर, त्यसपछि खेलको १५औं मिनेट, ५२ औं मिनेट र ६४ औं मिनेटमा गोल गर्दै बोर्जाले ह्याट्रिक पूरा गरे ।

त्यसपछि तर ६४ औँ मिनेटमा ओल्मो र ६८ औँ मिनेटमा राफिन्हाले गोल गरेपछि बार्साले निर्धारित ९० मिनेटमा बराबरी गर्न सफल भयो । ९० मिनेटपछिको इन्जुरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै राफिन्हाले गोल गरेपछि बार्सिलोनाले लिगमा दबदबा कायमै राखेको हो ।

३२ खेलबाट बार्सिलोना ७३ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३१ खेलबाट ६६ अङ्क पुगेको छ । यता पराजित सेल्टा भिगो ४३ अङ्क सहित आठौँ स्थानमा छ ।

Scroll to Top