२२ वर्षे राहुल बुढा, जसले इसेवा प्रयोगकर्ताका करोड बढी रकम चोरे

santan ads

नयाँलिपिः काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीका अनुसार कञ्चनपुरका २२ वर्षीय राहुल बुढाले इसेवा प्रयोकर्ताका १ करोड रुपैयाँ भन्दा बढी रकम चोरी गरेका छन् ।

अनामनगर बस्ने बुढाले करिब ४ हजार ईसेवा प्रयोगकर्तालाई एसएमएममार्फत एटी अलर्ट जस्ता फिसिङ लिंक पठाएकाे पाइएकाे छ। प्रयोगकर्ताले उक्त लिंक क्लिक गर्ने बित्तिकै उसको खाताबाट सबै रकम चोरी हुन्थ्यो ।

एसपी जिसीका अनुसार बुढाले फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउने गरेको खुलेको छ ।

उनले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको जाहेरी प्रहरीमा परेको छ ।

बुढाले चोरी गरेको रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरूमा ट्रान्सफर गर्दै आएका थिए ।

उनलाई मंगलबार काठमाण्डौंको कालीमाटीबाट पक्राउ गरिएको हो । बुढाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Scroll to Top