नयाँलिपिः नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको १७ औं अधिवेशनबाट हालै निर्वाचित पदाधिकारीहरुले आज पदस्थापन गरेका छन् ।
गत शनिबार भएको शाखाको अधिवेशनमार्फत अध्यक्षमा उर्मिला खड्का भण्डारी निर्वाचित भएकी थिइन् ।
निर्वाचनमा खड्काले १ सय २७ मत ल्याउँदा अर्का अध्यक्षका उम्मेद्बार कृष्ण प्रसाद तिमिल्सिनाले १ सय २६ मत पाएका थिए । खड्काको जीतसँगै कास्की शाखामा पहिलोपटक महिला नेतृत्व पुगेको छ ।
निर्वाचनको नतीजाअनुसार महिला उपसभापतिमा १ सय ४२ मतका साथ रमा न्यौपाने कोइराला, खुला उपसभापतिमा सुरेन्द्र गुरुङ मन्त्रीमा सन्तोष अधिकारी विजयी भएका थिए ।
त्यस्तै, कोषाध्यक्षमा मोहनसिंह खड्का र उपमन्त्रीमा डिल्लीराम बराल विजयी भएका थिए भने उपकोषाध्यक्षमा कालिदास सापकोटा निर्वाचित रहेका थिए ।
साथै, समितिको पदेन सदस्यमा डोलराज पाण्डे र सूर्यप्रसाद ढकाल चयन भएका छन् । समितिको कार्यकाल २ वर्ष रहनेछ ।