केपी ओली कप क्रिकेट : अत्तरिया र मालपोखरी विजयी

santan ads

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरुष टी२० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लबले जित हासिल गरेको छ ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको ११ औं दिन समूह ‘डी’ तर्फ मंगलबार भएको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई ४ विकेटले हराएको छ ।

१४० रनको विजयी लक्ष्य पाएको अत्तरियाले १८.२ ओभरमा ६विकेट गुमाउँदै १४१ रन बनायो ।

ओपनर अभिशेषक पललाई शुन्यमै गुमाएको अत्तरियाका लागि दोस्रो ओपनर विपिन रावलले इनिङ उकास्ने प्रयास गर्दा २६ रनमा आउट भए । चौथो विकेटका लागि क्रिजमा पुुगेका टेक रावतले उत्कृष्ट प्रदर्शनी गर्दै ६१ रनको अविजित पारी खेले । उनले ४२ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

हिकमत महर १३ रनमा अविजित रहे । उनले ८ बलमा ३ चौका प्रहार गरे । निश्चल क्षेत्री ५, अर्जुन विक १६, खगेन्द्र जोशी ८ र वसन्त खत्री १ रनमा आउट भए । होरिजोनका लागि तुलबहादुर थापा र सुवम खनालले २/२ तथा महेश भार र निर्मल गुरुङले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको होरिजोन क्रिकेट क्लबले १९.१ ओभरमा १० विकेट गुमाउँदै १४० रन बनायो ।

खेलको प्लेयर अफ दी म्याच टेक रावत घोषित भए ।

मालपोखरी क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ४ विकेटले हराएको छ । १२९ रनको विजयी लक्ष्य पाएको मालपोखरीले १७.३ ओभरमा ६ विकेट गुमाउँदै १३१ रन बनायो ।

ओपनर आतिश दासलाई ९ रनमा गुमाएको मालपोखरीका लागि तेस्रो विकेटका लागि क्रिजमा आएका विजय गुुप्ताले ५९ रनको उत्कृष्ट पारी खेल्दै रन आउट भए । उनले ४६बलमा ८ चौका र २ छक्का प्रहार गरे । डब्लुमलिक १० रनमा आउट भए ।

सोहन कुमार यादव १३, रनभिर यादव १४ र जितेश मन्डल शुन्यमा आउट भए भने चन्दन यादव र आशिष सिग्देल समान ४ रनमा नटआउट रहे ।

सुन्दर हरैचाका लागि समिर कार्कीले २ तथा सन्दिप ढुंगाना, प्रकाश कार्की र ओमकार यादवले १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको सुन्दर हरैचाले २० ओभरमा १२८ रन बनाउँदै अलआउट हुन पुुग्यो ।

मालपोखरीका विजय गुप्ता प्लेयर अफ दी म्याच घोषित भए ।

२ खेलमा २ जित हासिल गरेको अत्तरिया ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

२ खेलमा १ जित १ हार सहित २ अंक रहेको होरिजन रन रेटको आधारमा दोस्रो स्थानमा रहँदा मालपोखरी तेस्रो स्थानमा रहेको छ । सुन्दर हरैचा २ खेलमा २ हारसहित तालिकाको पुछारमा रहेको छ । प्रतियोगिताअन्तरगत समूह चरणको अन्तिम खेलमा भोलि समूह डी कै खेल हुनेछन् ।

पहिलो खेलमा होरिजोनले सुन्द हरैचाको सामना गर्ने छ भने अत्तरियाले मालपोखरीको सामना गर्नेछ । समूहको शीर्ष टोली अन्तिम चारमा पुुग्ने छ ।

Scroll to Top