नयाँ वर्षको पहिलो दिन मन्दिरमा पूजाआजा गर्नेको भीड

santan ads

नयाँलिपिः आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।

आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ

पोखरामा आज विन्ध्यवासिनी र फेवातालस्थित तालबराहीमा भक्तालुको उल्लेख्य भीड लागेको छ भने कास्कीका विभिन्न मन्दिर र शक्तिपीठमा पनि श्रद्धालुहरु पुगेका छन्

आजको दिन काठमाडौंको पशुपति र बुढानीलकण्ठलगायत देशभरका मन्दिरमा पूजाआजा गर्नेको भीड लागेको छ ।

Scroll to Top