नयाँलिपिः नेकपा एमाले कास्कीले पोखराकाे चिप्लेढुंगामा शनिबार वृहत जागरण सभाको आयोजना गरेको छ ।
पोखरामा गणतान्त्रिक व्यवस्थाको पक्षमा जागरणसभाको आयोजना गर्न लागेको एमाले कास्कीका सचिव दर्शन लामाले जानकारी दिए ।
सचिव लामाका अनुसार जागरणसभामा कास्की क्षेत्रभित्रका नेता,कार्यकर्तासहित करिब १० हजार नागरिक उतार्ने तयारीकासाथ काम भइरहेको छ ।
लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्धआम नागरिकमा भ्रम फैलाउने काम भएकोले उक्त भ्रम चिर्न, र नागरिकलाई सचेत बनाउन जागरण अभियान चलाएको उनले बताए ।
एमाले कास्कीले गत १८ गते पोखरामा जागरण अभियान अन्तर्गत वृहत मोटरसाइकल ¥याली निकालेको थियो ।