प्रधानमन्त्री र सरकारप्रति गगनले पोखे असन्तुष्टी

santan ads

नयाँलिपिः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओली नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

रुपन्देही क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र मन्त्रीहरु उद्घाटन र भाषणमा मात्र सीमित भएको आरोप लगाए ।

उनले भने, “हामी सरकारलाई सहयोग गरिरहेका छौं, तर सरकारको कामको गति राम्रो छैन। शिक्षकहरुको माग समयमै सम्बोधन नगरी सडकमा ल्याइएको छ।”

सहकारी ठगीका विषयमा पनि उनले भने, “ठगहरुलाई ठेगान लगाउन र पीडितहरुको बचत फिर्ता गर्न नसकेको स्वीकार्छौं।”

थापाले सरकारलाई १८ घण्टा काम गर्न सुझाव दिँदै भने, “प्रधानमन्त्री र मन्त्रीहरुले घुम्ने र डुल्ने होइन, काम गर्नुपर्छ। हामीले गरेको कामको प्रचार देशभरि गर्छौं।”

महामन्त्री थापाले कांग्रेस पार्टीमा केही समस्या रहे तापनि सुधार गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

Scroll to Top