कोटेश्वरमा प्रहरीको गोलीबाट किशोरी घाइते

santan ads

नयाँलिपिः कोटेश्वरको भाटभटेनी नजिकै एक किशोरीलाई गोली लागेको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार घर फर्किदै गरेकी अन्दाजी १५/१६ वर्षकी किशोरीलाई गोली लागेको हो । उनको खुट्टामुनी गोली लागेको छ ।

उनीसँगै अन्दाजी २०/२१ वर्षका पुरुष पनि थिए । ति पुरुषलाई भने गोलीको छर्रा लागेको छ ।

ति प्रत्यक्षदर्शीका अनुसार घाइतेलाई अहिले कोटेश्वरको एक मेडिकलमा राखिएको त्यहाँ रहेका पत्रकारले बताएका छन् ।

Scroll to Top