पोखरा २१ः वडाध्यक्षलाई रड हान्न खोज्ने भुपेन्द्र पक्राउ

santan ads

नयाँलिपिः सार्वजनिक जग्गा मिचेर संरचना निर्माण हुँदै गरेको सूचना पाएका रोक्न पुगेका पोखरा-२१ का वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार निर्मलपोखरीस्थित बाँझीपोखरी क्षेत्रमा बनाइँदै गरेको संरचना हटाउन पुगेका वडाध्यक्ष सुवेदी र वडा सदस्य विमला केसीलाई स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गरेका थिए।

सार्वजनिक जग्गामा भइरहेको अवैध निर्माण हटाउने क्रममा वडाध्यक्ष सुवेदीसहित जनप्रतिनिधिहरुमाथि आइतबार हातपात भएको थियो।

गिरीलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

Scroll to Top