स्ववियु निर्वाचनः पिएनमा प्राविधिक समस्या, राजधानीका १० क्याम्पसमा स्थगित

santan ads

नयाँलिपिः पृथ्वीनारायण क्याम्पसमा बिहान ८ बजेदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान केही ढिला गरी सुरु हुने भएकाे छ ।

पृथ्वीनारायण क्याम्पसमा निर्वाचन समितिको प्राविधिक समस्याकाकारण मतपत्र सच्चाएर पुनः छपाई गरिने भएको छ ।

मतपत्रमा अखिल छैठौंको मतदाताको नाम छुटेकाले मतदान हुन नसकेको हो ।

कूल १३ हजार विद्यार्थी रहेको पिएनमा मतदान समय ४ बजेसम्म रहेको छ ।

यता, काठमाण्डौंका विभिन्न क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ ।

त्रि–चन्द्र, रत्नराज्य (आरआर), ल, विश्वभाषा, वाल्मीकि, अस्कल, सरस्वती, शङ्करदेव, पब्लिक युथ, बानेश्वरर कोटेश्वरलगायत क्याम्पसमा स्थगित भएको सूचना प्राप्त भएको छ ।

सूचना अनुसार क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच निर्वाचन सुचारु गर्न छलफलको प्रयास भइरहेको छ ।

Scroll to Top