काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलका नेपाली राष्ट्रिय पुटबल टोली घोषणा गरेको छ ।
केहि दिन अघि मात्रै नियुक्त्ती पाएका मुख्य प्रशिक्षक म्याट रोसले सोमबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
रोस प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
उनले घोषणा गरेको पहिलो टोलीमा तीन नयाँ अनुहारले स्थान बनाएका छन् ।
को को परे त टोलीमा ?
गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अन्जल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ
मिडफिल्डरः रोहित चन्द, लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, कृतिश रत्न छिन्जु, आयुष घलान
फरवार्डः जिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बम, रेजिन सुब्बा
गोलकिपर अन्जल श्रेष्ठ, डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरी छन् ।
सुबास पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षणमा परेका हुन् र पहिलो पटकमै टोलीमा पर्न सफल भएका हुन ।
गत कात्तिकमा ताजकिस्तान र अफगानिस्तान विरुद्धको खेलमा चोटका कारण टिममा नरहेका अनन्त तामाङ र लकेन लिम्बुले टिममा पुनरागमन गरेका छन् ।
यस्तै कृतिश रत्न छुन्जु र रेजिन सुब्बाले पनि टिममा पुनरागमन गरेका छन् हुन ।