शितलज्योति कप : सहारा र बि १३ क्वाटरफाइनल प्रवेश

santan ads


पोखरा । पोखरा रंगशालामा जारी चौथौ शितलज्योति कप फुटबल प्रतियोगिताको सोमबार सम्पन्न भएको खेलमा सहारा क्लब र बि-१३ विजयी भएको छ ।

सहारा क्लबले बिष्णु पादुका हेम्जा क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो । सहारालाई जित दिलाउने क्रममा खेलको ६ औं मिनेटमा गोलको खाता खोलेको सविन नेपालीले ५८ औ मिनेटमा व्याक्तिगत दोस्रो गोल गरे ।

३९ औं मिनेटमा मनिष ठकुरीले र ७० औं मिनेटमा सुनिल लामाले एक एक गोल गरे । आजको जित संगै सहारा क्लब चौथो शितलज्योति कपको क्वाटरफाइलमा प्रवेश गरेको छ ।

अब सहारा क्लब चैत्र ६ गते संगम फुटबल क्लबसंग आमने सामने हुनेछ । त्यस्तै आज नै सम्पन्न भएको दोस्रोे खेलमा बि-१३ विजयी भएको छ । श्री सत्य युवा क्लब बि-१३ ले डोभिडस्फल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दे क्वाटरफाइनल प्रवेश गरेको हो । बि-१३ को जितमा साहिल गुरुडले नै २ गोल गरेका हुन । अब बि-१३ ले आयोजक शितलज्योति युवा क्लब संग चैत ६ गते भिड्ने छ ।

१२ टीमको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र गर्नेछ भने उपविजेताले १ लाख नगद सहित ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गर्नेछ ।

चैत ९ गते सम्म संचालन हुने प्रतियोगितामा सेमिफाइनल पुग्ने २ टीमले नगद १० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक निरज गुरुङले बताए ।

भोलि मंगलबार पहिलो खेल बिहान ११ बजे ढुकुर पोखरी युवा समाज र आर्दश युवा क्लब बिच र दोस्रो खेल दिनको १ बजे नाकोस र एलजि एसोसिएसन बिच हुने आयोजकले जनाएको छ ।

Scroll to Top