पोखरा । दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी फुटबल क्लबले जितेको छ ।
शनिबार भएको फाइनल प्रतिष्पर्धामा आयोजक सूर्य तारा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै गन्नीले उपाधि जितेको हो ।
उपाधि विजेता गन्नीले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता सूर्य ताराले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा सूर्य ताराका राजेश राईले उत्कृष्ट घोषित भए । उनले नगद १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भए । फुटबल प्रतियोगितामा १० टिमको सहभागिता जनाएको थियो ।
खेल महोत्सव अन्तरगतको राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिताको उपाधि आयोजक सूर्य तारा क्लबले हात पारेको छ ।
फाइनलमा दिदी बहिनी आमा समुहलाई पराजित गर्दे सूर्य तारा प्रथम भएको हो । प्रथम भएको सूर्य ताराले ३३ हजार ३ सय ३३ र द्वितीय हुने दिदी बहिनी आमा समुहले २२ हजार २ सय २२ रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारे ।
कुल १४ टिमले सहभागिता जनाएको यो प्रतियोगितामा लालिगुराँस आमा समुह पोखरा ३० तृतीय बन्यो । बाग्लुङ समाज पोखरा २९ लाई पराजित गर्दै तेस्रो बनेको लालीगुँरासले ११ हजार १ सय ११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पार्यो ।
खेल महोत्सवमा खुला महिला ‘स्लो’ स्कुटर रेस प्रतियोगिता, खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश गरिएको थियो ।
सूर्य तारा क्लब र नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा पोखरा २९ स्थित प्रस्तावित लेखनाथ रङ्गशालामा आयोजित खेल महोत्सवको समापन समारोहमा बोल्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश खेलकुदका पूर्वाधारको विकासमा पछाडि पर्दै गएको अनुभुति भैरहेको बताए ।