नयाँलिपिः नेपाली बजारमा शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ४ हजार रुपैयाँले बढेको छ ।
सुन तोलाको १ लाख ७४ हजा ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।