प्रतिगामी शक्तिका विरुद्ध कार्यकर्ता भेला गर्दै नेकपा एस

santan ads

नयाँलिपिः नेकपा एकीकृत समाजवादीले आगामी चैत १ गते गर्ने राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पार्टीले मुलुकमा प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी, गणतन्त्रको पक्षमा जनप्रदर्शन, मुलुकमा पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न काठमाडौँको बबरमहलमा आयोजना गरिने कार्यक्रमका लागि आवश्यक तयारी पूरा गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

पार्टीनिकट जनवर्गीय सङ्गठनका प्रतिनिधि, देशभरका प्रतिनिधि, कार्यकर्तालगायत करिब एक हजार सहभागी हुने भेलाको अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नेछन् ।

शीर्षनेताहरूले प्रशिक्षण दिने कार्यसूची रहेको भेलामा पार्टीको कार्ययोजना तथा रणनीतिलाई सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश कमिटीले सन्देश प्रवाह गरी जनतालाई चनाखो गराउने तथा जनआन्दोलनको व्यवस्थापन गर्नेछन् ।

Scroll to Top