वडा ३२ को माग पुरा गर्ने शर्तमा आजबाट महानगर क्षेत्रका फोहोर उठाइँदै

santan ads

नयाँलिपिः पोखरा महानगरको टाउको दुखाई बनेको फोहोर व्यवस्थापनमा वडा ३२ लामेआहालवासीले पुनः एकपटक सम्झौता गरिदिएका छन् ।

पछिल्लो पटक महानगर प्रतिनिधिले वडा ३२ वासीसँग उनीहरुको माग पुरा गर्न शर्त राखेपछि लामेआहालमा आजदेखि फोहोर विसर्जन गर्न थालिएको छ ।

स्थानीयले लामेआहालमा महानगरले फोहर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभावी फोहोर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको गुनासो गरेका छन् ।

३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले पहिलेकोजस्तै कुनै समयसीमा नतोकेको तर फोहोर व्यवस्थापनमा सावधानी अपनाउन महानगरलाई भनेको बताएका छन् ।

‘फोहोर व्यवस्थापन हाम्रो साझा समस्या हो, राम्रोसँग फोहोर पुर्न र विपद् आउन नदिन भनेका छौं’ वडाध्यक्ष कार्कीले भने ‘सकेसम्म महानगरले ल्यण्डफिल्ड साइटको स्थायी व्यवस्था गरोस् भन्ने छ ।’

बुधबार वडा र महानगरबीच अनौपचारिक छलफलबाटै लामेआहालमा पुनः फोहोर विसर्जन गर्न दिएको उनले बताए ।

Scroll to Top