पोखरामा बिजीएन किचन एण्ड इलेक्ट्रोनीक्स खुल्यो

santan ads

पोखरा । पोखरामा बिजीएन किचन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट खुृलेको छ ।

पोखराको प्रतिष्ठित व्यवसायीक संस्था बिजीएन ग्रुप प्रालिले संचालनमा ल्याएको उक्त व्यवसाय बुधबार गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले एक कार्यक्रम बिच उद्धघाटन गरे । बिजीएन ग्रुपलले पोखरा हरिचोकमा रहेको आफ्नै भवनमा आउटलेट खोलेको हो ।

कार्यक्रम उद्धघाटन गर्दे मन्त्री थापाले आर्थिकमन्दी भइरहेको अप्ठ्यारो अवस्थामा पनि बिजीएन ग्रुपले स्वेदशमा केही गर्नुपर्छ भन्ने सन्देश दिन सफल भएको बताए ।

संचालक बालाकृष्ण कोइरालाका आमा गौरी कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै बालाकृष्णले बिजीएन ग्रुपको पाचौं प्रतिष्ठानको रुपमा बिजीएन किचन एण्ड इलेक्ट्रोनीक्स खुलेको बताए ।

उनले उद्धघाटनको अवसरमा १० प्रतिशत छुटको समेत सुविधा रहेको जानकारी दिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी लगायतले बोलेको थिए ।

Scroll to Top