प्रतीक्षामा चैत ५ः पोखरामा व्यावसायिक अन्तर्राष्ट्रिय उडानबाट आउँदैछन् पर्यटक

santan ads

नयाँलिपिः पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको २ वर्ष बितिसकेको छ । ०७९ साल पुस १७ गते विमानस्थलको औपचारिक उद्घाटन गरिएको हो ।

विमानस्थल निर्माणकाक्रममा पर्यटन व्यवसायीहरुले हौसिएर अर्बाै रुपैयाँ यस उद्योगमा थप लगानीसमेत गरियो । तर २ वर्षसम्म पनि छिटफुट चार्टड उडानमात्रै भएपनि निराश पर्यटन व्यवसायीलाई चैत ५ गते हुने व्यावसायिक उडानले आशा जगाएको छ ।

चिनियाँ एयरलाइन्स सिचुआनको जहाजमार्फत १२७ चिनियाँ पर्यटक चैत ५ गते बिहान १० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्। सोही दिन १२७ नेपाली पर्यटन व्यवसायीहरू दिउँसो १२ बजे छेन्दु प्रस्थान गर्नेछन्।

पहिलो चार्टर्ड उडानमा पोखरा महानगरपालिकाका मेयर, नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख, पोखरा भ्रमण वर्ष २०२५ कार्यक्रम संयोजक, पोखरा पर्यटन परिषद अध्यक्ष, विभिन्न पर्यटन संघसंस्थाका प्रतिनिधिहरू तथा व्यवसायीहरू रहनेछन्।

पहिलो उडानमा जाने उक्त नेपाली टोली आठ दिने भ्रमणका लागि छेन्दु, लुझाउ, एमई, लिसान र छोङछिङ जानेछ।

त्यहाँ पर्यटन पूर्वाधार, व्यवस्थापन र सहकार्यबारे अध्ययन हुनेछ। चैत ६ गते छेन्दु र चैत ९ गते छोङछिङमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिने तालिका रहेको छ ।

जसले प्रत्यक्षरुपमा पोखराको पर्यटन प्रवद्र्धन गर्ने व्यवसायीको विश्वास छ ।

त्यस्तै, हिमालयन एयरलाइन्सले अप्रिल १ तारिखमा पोखराबाट चीनको ल्हासाबीच व्यावसायिक उडान सुरु गर्ने भन्दै बुकिङ्समेत खुल्ला गरिसकेको छ ।

Scroll to Top