पिएन क्याम्पसमा छात्रावास खाली गर्न निर्देशन

santan ads

नयाँलिपिः आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्न पृथ्वीनारायण क्याम्पसले होस्टल (छात्रावास) खाली गर्न सूचना जारी गरेको छ ।

क्याम्पसले जारी गरेको सूचनामा विद्यार्थीहरुलाई यही चैत ३ गतेभित्र होस्टल खाली गर्न भनिएको छ ।

क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकका अनुसार निर्वाचनलाई आचार संहिता अनुरुप शान्तिपूर्णरुपमा सम्पन्न गर्न होस्टल खाली गर्न भनिएको हो । यसअघिका निर्वाचनमा पनि होस्टल खाली गराउँदै आइएको थियो ।

चैत ६ गतेदेखि होस्टल पुनः सुचारु हुने जनाइएको छ ।

चैत ५ गते हुने निर्वाचनमा २ स्वतन्त्रसहित ८ विद्यार्थी संगठनले मनोनयन दर्ता गरेका छन् ।

Scroll to Top