पोखरामा कोटीहोम हुने, ५ सदस्यीय समितिले ठाउँ टुंगो लगाउने

santan ads

नयाँलिपिः पोखरा महानगरका मेयर धनराज आचार्य र कोटीहोम आयोेजक मानव सेवा फाउण्डेशनबीच आज करिब ३ घण्टा भएको छलफलपछि ५ सदस्यीय विवाद समाधान समितिले यज्ञस्थलबारे टुंगो लगाउने निर्णय भएको छ ।

महानगरले भोली बिहान बैठक आयोजना गरी वडाध्यक्षसहितको छलफलबाट ५ सदस्यीय समिति गठन गर्नेछ ।

सोही समितिले कोटीहोमस्थल चयन गर्ने र सकभर त्यसै स्थानमा यज्ञ आयोजना गरिने सम्भावना रहेको छ । साथै, कोटीहोमको स्वामित्व महानगरले पनि लिने विश्व हिन्दू महासंघका उपाध्यक्ष शंकर खरालले जानकारी दिएका छन् ।

यसर्थ, पोखरामा कोटीहोम हुने पक्का भएकाे छ भने ३–४ दिनभित्र स्थानबारे अन्तिम निर्णय हुने अवस्था रहेको छ ।

वार्ता अवधिभर महानगर बाहिर नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल र नेपाली सेनाकाेसमेत उपस्थिति रहेकाे थियाे ।

Scroll to Top