चर्चित ज्योतिषी हरिहर भन्छन्ः -‘पूर्वराजाले गलत साइतमा यात्रा गरे’

santan ads

नयाँलिपिः चर्चित युवा ज्योतिष हरिहर अधिकारीले पूर्वराजाले आज पोखराबाट काठमाण्डौं यात्रा गर्दा शुभसाइत पालना गर्न नसकेको बताएका छन् ।

नले आफु ज्योतिषी भएकै कारण यस विषयमा सानो मार्गदर्शन मात्रै गरेको उल्लेख गरे ।

अधिकारीले भनेका छन्, ‘ज्योतिष शास्त्रको सामान्य साइत हेर्ने नियम पनि पालन गराउन नसकेको हो कि नजानेको हो ? राम्रो साइततमा चन्द्रमा दायाँ परेर यात्रा गर्दा पो सोचेको काम सफल होला, हैन र?’

त्यस्तै, उनले फेसबुकमा ‘हामी हिन्दू राष्ट्र बनाउँछौं भन्छौं, राजा ल्याएर स्थान दिनुपर्छ भन्छौं, राजाको छेउछाउमा बोल्ने ज्योतिषी र गुरुहरू थुप्रै देख्छौं। तर, आज चन्द्रमा मिथुन राशिमा छन्, अर्थात् चन्द्रमा पश्चिम दिशामा छन्, र आज पोखराबाट काठमाडौं आउँदा चन्द्रमा पछाडि पर्छन्। हामीले जहिले पनि यात्रा गर्दा वा शुभ कार्य गर्दा चन्द्रमा अगाडि अथवा दायाँ पर्नुपर्छ। आज चन्द्रमा पछाडि परेर यात्रा गर्न सल्लाह दिने ज्योतिषी पण्डितहरूलाई के भनौँ खै?’

उनले शास्त्र र साइत हेरेर कार्य गर्दा मात्र सफलता मिल्ने भन्दै सबैलाई साइत हेर्ने बानी बसाल्नसमेत आग्रह गरेका छन् ।

Scroll to Top