अप्रिल १ मा हिमालयले जोड्नेछ पोखरा र ल्हासा, बुकिङ् खुल्ला

santan ads

नयाँलिपिः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्ततः व्यावसायिक उडान हुने भएको छ ।

हिमालयन एयरलाइन्सले अप्रिल १ तारिखमा पोखराबाट चीनको ल्हासाबीच व्यावसायिक उडान सुरु गर्ने भन्दै बुकिङ् खुल्ला गरेको छ । एयरलाइन्सले विज्ञप्तीमार्फत उक्त जानकारी दिएको छ ।

प्रारम्भिक योजना अनुसार काठमाडौँ–ल्हासा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार मार्च ३१ मा बिहान साढे ८ बजे उडान भर्ने र सोही दिन चीनको स्थानीय समय अनुसार १२ः०५ बजे ल्हासागोङ्गर विमानस्थलमा पुग्ने भएको छ ।

यसैगरी, ऐतिहासिक पोखरा–ल्हासा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल १ मा स्थानीय समयअनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समय अनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्ने कम्पनीले जानकारी गराएको छ ।

पोखराबाट ल्हासाको शूल्क २२ हजार ५५ रुपैयाँ रहेको छ । हाल सातामा १ दिन उडान हुने हिमालयनले जनाएको छ ।

Scroll to Top