नयाँलिपिः यस वर्षको हिउँद हल्का वर्षामै सीमित हुँदै सकिएको छ ।
हिउँदको अन्तिम दिन शुक्रबार हिउँदभरकै राम्रो वर्षा गराउँदै यो वर्षको हिउँदले बिदा लिएको हो । लामो समय देशको मध्यदेखि पूर्वी भूभागमा वर्षा हुन सकेको थिएन ।
सुदूरपश्चिम र कर्णाली भेगमा थोरै वर्षा भए पनि देशव्यापी हिउँदे वर्षाको छनक यो वर्ष राम्ररी पाउन नसकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मङ्सिर १५ देखि फागुन मध्यसम्मको अवस्थालाई हिउँदयाम मानिन्छ । हल्काफुल्का वर्षासँगै यो वर्षको हिउँदले बिदा लिएको विभागले जनाएको छ ।