रास्वपाका कार्यकर्ताको जनही ४० हजार ऋण !

santan ads

नयाँलिपिः राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशनमा परेका मुकुल ढकालले रास्वपाको पार्टी सदस्यलाई जनही ४० हजार रुपैयाँ ऋण लागेको बताएका छन् ।

ढकालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् । जानकारीसँगै उनले आफुले बुझाएको प्रतिवेदका केही अंशसमेत सार्वजनिक गरेका छन् ।

प्रतिवेदनमा पार्टीलाई बुझाउनु पर्ने लेबी असमान भएको पनि ढकालले उल्लेख गरेका छन् । त्यस्तै, उनले आफुले पार्टी सञ्चालन गर्दा आर्थिक अनुशासनमा देशकै १ नम्बरको पार्टी रहेकोसमेत लेखेका छन् ।

ढकालले फेसबुकमा लेखेका छन्ः
रास्वपामा प्रति पार्टी सदस्य ऋण रू. ४०,००० पुगेछ ।
नेपालमा प्रति नेपाली ऋण रू. ८८,००० पुगेछ ।
यस हिसाबमा रास्वपा सदस्य रहेको नेपालीको हकमा, प्रति व्यक्ति ऋण रू. १,२८,००० पुगेछ ।
‘नोट: पार्टी सञ्चालकको भुमिका मैले निभाउँदासम्म, ७ वटै प्रदेश र केन्द्रको अडिट रिपोर्ट समयमा नै बुझाएका थियौँ र आर्थिक अनुशासनमा देशको १ नं पार्टी थियौँ । अहिले के भयो, आफैँ खोज्नु, जान्नु । अडिट रिपोर्टहरू खोज्दा भेटिन्छन् ।

Scroll to Top