पोखरामा ‘मेरो भ्वाइस र मेरो डान्स’ युनिभर्स अडिसन हुदै

santan ads

पोखरा ।अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को पोखरा अडिसन फागुन १६ र १७ गते हुँदैछ ।

गण्डकी प्रदेशका सहभागिलाई समेट्ने गरि पोखराको पोखरा बहुमुखि क्याम्पसमा हुने अडिसनको तयारी पुरा भएको आयोजक इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जनाएको छ ।

विश्वभर रहेका नेपालीहरुको गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि यी दुवै रियालिटी शो सञ्चालन हुँदैछ ।

साउनको अन्तिम साता काठमाडौंमा हुने फिनालेमा दुबै शोका विजेताहरुलाई १/१ करोड, दोस्रो हुनेले २५/२५ लाख र तेस्रो हुनेले १०/१० लाख नगद पुरस्कार प्राप्त गर्न छ ।

पोखरा अडिसनका लागि सम्पूर्ण तयारी पुरा भएको फाण्डेसनका गण्डकी प्रदेश प्रमुख तथा गाएक राजेश बर्देवाले जानकारी दिए ।

नेपाली संस्कृति र साँस्कृतिक पहिचानलाई संरक्षण, सम्वद्र्धन र उत्थान गर्नु फाउण्डेशनको मूलभूत उद्देश्य आयोजना हुन गईरहेको रियालिटी शो मा सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट इन्ट्रा फाउण्डेसन डट ओआरजी (www.intrafoundations.org)  बाट आवेदन दिन सक्ने किसान सेवाले जानकारी दिए ।

फाउण्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईले नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्नका लागि र नेपालीभाषी प्रतिभाहरुलाई चिनाउन यस्तो खालको रियालिटी शो आयोजना गरिएको बताए ।

नेपाली कला, संस्कृति, संस्कारजस्ता कुरालाई नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि यो रियालिटी शोले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका विर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु हुनेछन् ।

उक्त अडिसनमा छनौट भएका भ्वाइस र डान्सका प्रतियोगिलाई प्रतिस्पर्धाका लागि काठमाडौं लगिने आयोजकले जनाएको छ ।

सन् २०२३ मा यी दुवै रियालिटी शोको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

Scroll to Top