नयाँलिपिः मैनादेवि फाउण्डेशनको आयोजनामा शनिबार पोखरामा रोचक र जनचेतनामूलक दौड प्रतियोगिता भएको छ ।
एक घण्टाको दौडमा सहभागीले फोहोरसमेत टिप्नु पर्ने नियम रहेको थियो । जसमा सौगात अधिकारी र सक्षम रानाभाट प्रथम हुँदै ५० हजार रुपैयाँ हात पारे । उनीहरुले २०.३४ केजी फोहोर संकलन गरे ।
रिजन थापा र अंकित विके २०.३३ केजी फोहोर संकलन गर्दै दोस्रो भए । उनीहरुले २५ हजार रुपैयाँ पाए ।
जीवन र जेम्स रानाले १७ केजी फोहोर संकलन गर्दै तेस्रो भए । उनीहरुले १५ हजार रुपैयाँ हात पारे ।
दौडअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्ता दौडले आम नागरिकमा फोहोर नगर्नका लागि जागरण ल्याउन सहयोग पुग्ने बताए ।
मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले स्वच्छ, सुन्दर र हरियाली सहर बनाउने अभियानलाई आत्मसात गर्दै आम नागरिकमा सरसफाइप्रति जागरुक गराउन दौड आयोजना गरिएको बताए ।
वातावरण संरक्षण र स्वच्छतामा युवा, विद्यार्थी र नागरिकलाई सचेत र एकजुट बनाइ फोहोर नगर्न प्रेरित गर्ने उद्देश्यले दौड गरिएको उनको भनाइ छ ।
कूल १ हजार ५० किलो फोहोर संकलन गरिएको दौडमा ३ हजारको हाराहारीमा सहभागी थिए ।
पाँच किलोमिटरको दूरी रहेको फोहोर संकलन दौड पालिखेचोक, महेन्द्रपुल, नयाँ बजार, पृथ्वीचोक, सभागृहचोक, न्युरोड हुँदै पुन प्रतिभा माविमा पुगेर समापन भएको थियो ।
फाउण्डेशनसँग पोखरा महानगरपालिका, प्रतिभा मावि, टार्गेट एजुकेसनल कन्सल्टेन्सी लगायत विभिन्न संघ, संस्थाले सहकार्य गरेका थिए ।