साउदी प्रो लिगः अल नासर पराजित

santan ads

एजेन्सी । अल नासर साउदी प्रो लिगको खेलमा पराजित भएको छ । शनिवार बिहान सम्पन्न भएको खेलमा नासर इत्तिफाकसँग ३–२ ले पराजित भएको हो ।
अल अवाल पार्क रियादमा भएको खेलमा इत्तिफाकको जितमा जर्जिनियो विज्नाल्डमले २ र १ गोल नासरले उपहार स्वरुप दियो । नासरका लागि ऐमान याह्या र मोहम्मद अल फतिलले गोल गरे ।

नासरका याह्याले खेलको ४७औं मिनेटमा गोल गर्दे सुरुवाती अग्रता लिएको थियो । ५५औं मिनेटमा इत्तिफाकका विज्नाल्डमले गोल गर्दै खेल बराबरीमा पुर्याए । ६५औं मिनेटमा नासरका लागि फतिलले गोल गर्दै टोलीलाई २१ को अग्रता दिलाए ।

८२औं मिनेटमा नासरका फतिलले आत्मघाती गोल गर्दै इत्तिफाकलाई खेलमा फर्काए । निर्धारित समयको अन्तिम मिनेटमा इत्फिाकका विज्नाल्डमले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

दोस्रो हाफको इन्ज्युरी समयमा नासर १० खेलाडीमा सिमित भएको थियो । दोस्रो हाफको इन्ज्युरी नासरका जोन डुरान रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै इत्तिफाक २१ खेलमा २८ अंकका साथ आठौं स्थानमा छ । पराजित नासर समान खेलमा ४४ अंकका साथ चौथो स्थानमा खस्किएको छ ।

Scroll to Top