भारतिय पेन्सन क्याम्पमा इन्टर भूपू बटालियन भलिवल सुरु

santan ads

पोखरा । भारतीय पेन्सन वितरण केन्द्र पोखरा रामबजारमा आज देखि भूपू इन्टर बटालियन भलिवल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितमा भूपू बटालियनको २२ र आयोजक पोखरा पेन्सन वितरण केन्द्रको १ गरि २३ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा गण्डकी प्रदेश र प्रदेश बाहिरको भूपूहरुको टीम रहेको पेन्सन क्याम्प पोखराका हेड क्लरक भुषण पाण्डेले बताए ।

आज सम्पन्न खेलमा ५/९, पेन्सन वितरण केन्द्र, ४/९ र २/९ जि आर विजयी भएको छ ।

५/९ जिआरले ७/८ जिआरलाई २–० सोझो सेट,दोस्रो खेलमा पोखरा पेन्सन वितरण केन्द्रले ६/५ जि आरलाई २–० सोझो सेट,तेस्रो खेलमा ४/९ ले ४ /३ लाई २–० को सोझो सेट र चौथौ एंव अन्तिम खेलमा २/९ जि आरले २/५ जि आर लाई २–१ सेटले हराएको हो ।

कार्यक्रममा भारतीय पेन्सन वितरण केन्द्र रामवजारका प्रमुख कर्णेल प्रशान्त सिंह बघेलले कार्यक्रमको उद्धघाटन गर्दे रिटार्यड जिवन पनि अनुसासित हुन र स्वास्थ्य रहन खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने हुनाले प्रतियोगिता आयोजना गरेको बताए ।

प्रतियोगिताका खेलहरु बटालियन भित्रकै राष्ट्रिय रेफ्रीहरुले संचालन गर्नेछन । प्रत्येकदिन ४ खेल संचालन हुने आयोजकले जनाएको छ । यहि फागुन १८ गते सम्म संचालन हुने प्रतियोगितामा एभरेष्ट बैंक ,नेपाल एस वि आई बैंक र सिटिजन लाईफ इन्स्योरेन्सको विशेष सहयोग रहेको पाण्डेले बताए ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।

Scroll to Top