राजसंस्था पुनःस्थापना र संघीयता खारेज गर्ने आन्दोलनमा राप्रपा

santan ads

नयाँलिपिः राष्ट्रिय प्रजातन्त्र पार्टी, गण्डकी प्रदेशले ९ गते पोखरामा भ्रष्टाचार र कुशासनको अन्त्य गर्ने नारासहित बृहत विरोधसभाको आयोजना गरेको छ ।

विरोधसभाको आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य पन्चराम गुरुङले ८ बुँदै प्रमुख एजेण्डासमेत सुनाएका छन् ।

जसमध्ये राजतन्त्रको पुनःस्थापना र संघीयताको खारेज प्रमुख रहेका छन् । त्यस्तै, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्र, सनातन हिन्दू अधिराज्यलगायत रहेका छन् ।

पत्रकारका विविध प्रश्नको जवाफ दिँदै गुरुङले देश र जनताको हितमा राजाले दरबार छाडिदिए पनि अब टुलुटुलु हेरेर बस्ने अवस्था नरहेकाले राप्रपा राजालाई सत्ताशीन बनाउन आन्दोलनमा लागेको बताए ।

राजा कहिले आउँछन् ? भन्ने प्रश्नमा उनले भने ‘अहिल्यै, आज वा भोलीनै राजा फर्कन सक्छन्’ भन्ने जवाफ दिए । हालका दलरुले नै राजा फर्कने वातावरण तयार पारिदिएको भन्दैै उनले फागुन ९ गते राजतन्त्र फर्काउने आन्दोलनको सुरुवात हुने प्रष्ट्याए ।

चिप्लेढुंगामा आयोजित विरोध सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलगायत शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभापूर्व पृथ्वीचोकदेखि सभास्थलसम्म ¥यालीको आयोजना गरिएको छ ।

Scroll to Top