पोखरा । जुत्ता व्यवसायी संघ कास्कीको पाचौं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालिका ८ का वडा अध्यक्ष रूद्रनाथ बरालले पहिलो रक्तदाता सस्थाका सल्लाहकार राम प्रसाद अधिकारीलाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घघाटन गरेको थिए ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष बरालले रक्तदान जस्तो पवित्र कार्य गरेकोमा आयोजकलाई धन्यवाद दिदै आफ्नो तर्फबाट सक्दो सहयोग प्रतिवद्वता व्यक्त गरे ।
जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष हेमकृष्ण श्रेष्ठले संघले सामाजिक उत्ररदायित्व बहन गर्दे पाँचौ पटक यो रक्तदान कार्यक्रम आयोजना गरेको बताउदै रगत पैसा तिरेर पनि पाँईदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्ने बताउदै यस्तो पुण्य काम गरेकोमा रक्तदाताहरूलाई धन्यवाद दिएका थिए ।
प्रादेसिक रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक लिलाम्बर सुबेदीले स्वागत मन्तव्य र महासचिव मुक्ति प्रसाद पनेरुले कार्यक्रम सन्चालन गरेका थिए ।