बुद्व विशाल बजारमा झण्डोत्तलन

santan ads

पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ ले प्रजातन्त्र दिवसको उपल्यक्ष्यमा एशोसियसनको लोगो अंकित झण्डा र राष्ट्रिय झन्डा झण्डोत्तलन गरेको छ ।

कार्यक्रममा बोल्दै बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितिका संयोजक केशव बहादुर खत्रीले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सम्पुर्ण नेपालीहरूको लागी विशेष दिन भएको बताउदै नेपाली झन्डाको बिशेष ईतिहास रहेको बताए । खत्रीले यस कार्यक्रमलाई आफू एशोसियसनको नेत्रित्वमा हुदा नै वार्षिक रूपमा नै मनाउदै जाने निर्णय गरिएको बताउदै खत्रीले अहिलेको  आर्थिक मन्दीको विषम परिस्थितिमा आफ्नो व्यवसाय टिकाउनु नै व्यवसायीको अहिलेको मुख्य चुनौती रहेको बताए । 

खत्रीले अहिलेको अवस्थामा भईरहेको भाडामा सकिन्छ घटाएर नत्र यथास्थितिमा राखेर व्यवसाय बचाउनको लागी घरधनीहरूलाई आग्रह गरे ।

कार्यक्रममा बुद्व विशाल बजार व्यापारिक एशोसियसनका सल्लाहकार माधव सिग्देलले बुद्व विशाल बजारका व्यवसायीहरूको लागी पनि आजको दिन एतिहासिक भएको हुदा  व्यापारिक  एशोसियसनको  लोगो अंकित झण्डा र राष्ट्रीय झन्डा झण्डोत्तलन गरिएको बताए । 

बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा एशोसियसनका उपाध्यक्ष बुद्वि वहादुर कुँवरले स्वागत मन्तव्य राखेका थिए भने महासचिव राजु केसीले कार्यक्रम सन्चालन गरेका थिए  । त्यस अवसरमा एशोसियसनका कार्यसमिति सदस्य ईन्द्रमाया गुरूङले स्वर्गीय ससुरा शेर बहादुर गुरूको स्मृतिमा एशोसियसनको छात्रवृत्ति कोषको लागि पाँच हजार रूपिया एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्याललाई हस्तान्तरण गरेकी थिईन ।

गुरूङले हरेक फागुन ७ गते प्रजातन्त्र एशोसियसनको दिवसको उपल्ययक्ष्यमा स्वर्गीय ससुराको स्मृतिमा छात्रवृत्ति कोषमा सहयोग रकम दिदै आएकी छन् । 

झण्डातोलन कार्यक्रममा बुद्व विशाल बजारका व्यापारिक एशोसियसनका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।