बर्न अस्पतालबाट अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्यलाई केही दिन राखिने

santan ads

नयाँलिपिः ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा समारोहको उद्घाटनकाक्रममा शनिबार बेलुन पड्किएपछि घाइते भएर उपचारार्थ कीर्तिपुरको बर्न अस्पतालमा लगिएका अर्थमन्त्री विष्णु पौडेल आज डिस्चार्ज भएका छन् ।

अस्पतालले विज्ञप्तीमार्फत अर्थमन्त्री पौडेलको अवस्था सामान्य भइसकेकाले डिस्चार्ज गरेको बताएको छ ।

‘उहाँको छाती र फोक्सोमा कुनै समस्या छैन र घाउ निको हुँदै गएको छ’ अस्पतालले भनेको छ ।

मेयर आचार्यको भने पहिल्यैदेखि उच्च रक्तचापको समस्या रहेकाले हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको अस्पतालले बताएको छ ।

‘हृदयरोग विशेषज्ञसँग परामर्श भइहरेको र केही दिन थप उपचार हुने जानकारी गराइन्छ’ विज्ञप्तीमा उल्लेख छ ।

  • फाइल तस्बिर

Scroll to Top