आहा ! रारा गोल्डकप: “ब्ल्याक बुल्स”लाई पहिलो एटेम्प्टमै उपाधि

santan ads

सुरज श्रेष्ठ

पोखरा । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले पोखरा रंगशालामा शनिबार सम्पन्न २४ औं आहा रारा पोखरा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।

ब्ल्याक बुल्सले पहिलो एटेप्पटमा नै उपाधि हात पार्न सफल भएको हो ।ब्ल्याक बुल्सको जितमा खेलको ४० औ मिनेटमा ज्याकहोन्गिर एकमादोभले गोलको खाता खोलेको थिए ।

५९ औं मिनेटमा असिलवेक ओरिभनोभले र ६६ औं मिनेटमा साभकाटजोन सतरोभले अर्को गोल गरे ।

नेपाल पुलिस क्लबको लागि सान्त्वना गोल पनि बुल्सकै नाममा रह््यो ।

पुलिसका उज्वल राईले हानेको फ्रिकिक अलिजोन अलिनोभ हेडमार्फत क्लिियर गर्न खोज्दा बल आफ्नै पोष्टमा छिरेको थियो ।

उपाधि उचालेको बुल्सले नगद १२ लाख १ हजार ट्रफी,मेडल प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको पुलिसले नगद ६ लाख १ हजारमा चित्त बुझाउन पर्यो ।

आजको खेलमा ब्ल्याक बुल्सका टीम क्याप्टेन जाकहोनजिर अक्भादोभ म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बुल्सका साभकाटजोन सतरोभ बने । उनले एकथान टेल्जि स्कुटर पुरस्कार पाए । उनै सतरोभ सर्वाधिक गोलकर्ता समेत बने ।

उत्कृष्ट गोलकिपर बुल्सका जासुरवेक राजबोभ बन्दा अजिजवेक उत्कृष्ट स्ट्राइकर घोषित भए । बुल्सकै अब्दुलाजिज निसोनवेभ उत्कृष्ट प्रशिक्षक बने । पुलिसका टीम क्याप्टेन राम वाजी उत्कृट मिडफिल्डर भए ।

बेष्ट डिफेन्डर बुल्सकै अलिजोन अलिजोनभ बने । फेयर प्ले टीम अर्का पाहुना टोली थन्र्डर बोल्ट सिक्किमको पोल्टामा पर्यो ।

आजको फाइनल खेल सहित नेपाल पुलिसको आहा रारा पोखरा गोल्डकपमा ५१ औं खेल थियो । उज्वेकिस्तानी बुल्सको पहिलो पटक सहभागिता र खेल तेस्रो थियो ।

पछिल्लो समय उज्वेकिस्तानले राष्ट्रिय फुटबल खेलमा निकै प्रगती गरेको देखिन्छ ।

यो प्रतियोगितामा भाग लिन आएका प्राय ‘बि डिभिजन’मा सहभागी भएका खेलाडीहरु सम्मिलित थिए । बि डिभिजनका खेलाडीहरुको यो प्रकारको फुटबल खेल प्रर्दशनीले पनि उज्वेकिस्तानको फुटबल खेलको मापन सहजै गर्न सकिन्छ ।

सहारा क्लबले वर्षेनी आयोजना गर्ने फुटबल प्रतियोगितामा उत्कृष्ट टीम सहभागीता गराउदैन भन्ने आरोप खेपिरहेको अवस्थामा केहि हदसम्म उज्वेकिस्तानी बुल्सले पालिस लाउने काम गरेको देखिन्छ ।

Scroll to Top