कोटीहोम आयोजना गर्न बाधा अवरोध नगर्नुः उच्च अदालत

santan ads

नयाँलिपिः उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई विराट कोटीहोम ज्ञान महायज्ञ सञ्चालन गर्न कुनै बाधा अवरोध नगर्नु भनि अन्तरिम आदेश जारी गरेको छ ।

कोटीहोम आयोजक मानवसेवा फाउण्डेशनले पोखरा महानगरले कोटीहोम अवरुद्ध गर्न खोजेको भन्दै दिएको निवेदनउपर अदालतले उक्त आदेश जारी गरेको हो ।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा तथा अधिवक्ताहरू ईश्वर चिलुवाल र तोयानाथ पौडेलले बहस गरेका थिए।

बहसमा निवेदकले महायज्ञ सञ्चालन गर्न कानूनी रूपमा आवश्यक सबै प्रकृया पूरा गरिसकेको, आयोजनाले कुनै पनि हानि नोक्सानी नपुर्‍याउने तथा कुनै क्षति भएमा त्यसको जिम्मेवारी फाउण्डेशनले व्यहोर्ने प्रतिवद्धता जनाइसकेको तर्क प्रस्तुत गरिएको थियो।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्दको इजलासले उक्त निवेदनमाथि सुनुवाइ गर्दै मानव सेवा फाउण्डेशनले प्राप्त गरेका अनुमति पत्रहरू, नेपाल ट्रष्ट र सम्बन्धित सरकारी निकायहरूको निर्णय तथा महायज्ञ आयोजनाका लागि गरिएको तयारीलाई आधार मान्दै विपक्षी पोखरा महानगरपालिका र मातहतका निकायहरूलाई कानूनी रूपमा बाधा पुग्ने कुनै कारण बाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न आदेश दिएको हो।

Scroll to Top