आहा रारा : बुल्स फाईनल प्रवेश,थ्रीस्टार हेरेको हेर्यौ

santan ads

पोखरा । पोखरा रंगशालामा आज (बिहिबार) भएको दोस्रो सेमिफाइनल खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स विजयी भएको छ । ब्ल्याक बुल्सले थ्रीस्टारलाई ४-० गोलले पराजित गरेको हो ।

ब्ल्याक बुल्सको जितमा कुभोन्चवेक ओलिभले खेलको २४ औं मिनेटमा गोल गरेका हुन । उनले सोभकोटजोन सात्टोरोभले दिएको रनिङ्ग बललाई चारजनाको बिचबाट छिरेर गोल गरेका हुन ।

चारजनाको बिचबाट गएका उनलाई छेक्न किपर अघि बढेको अवसरमा सेकेण्डबार चेप्दै दाहिने खुट्टाले फुत्त हानेको बल पोष्ट भित्र छिरेको हो । खेलको ५८ औं मिनेट असिलवेक ओरिफजोनभले त्यस्तै प्रकृतिको गोल गरे ।

खेलको ६३ औं मिनेटमा सोभकोटजोन सात्टोरोभ र ८७ औं मिनेटमा सहिद जमल देभलाटजोनभले गोल गरे । आहा रारा पोखरा गोल्डकपमा पहिलो पटक सहभागी जनाएको बुल्स फाइनल प्रवेश गर्दा थ्रीस्टार भने हेरेको हेर्यौ भयो ।

आजको हार संगैे बुल्सले आहा रारा गोल्डकपको ५ पटक विजेता भएको थ्रीस्टारको फाइनल पुग्ने यात्रालाई टुङइदिएको छ । आजको खेलमा बुल्सका असिलवेक ओरिफजोनभ म्यान अफ दि म्याच घोषित भए ।

ब्ल्याक बुल्सले अब उपाधिको लागि शनिबार नेपाल पुलिस संग भिड्ने छ ।तस्विर:सुर्दशन रञ्जित

Scroll to Top