नयाँलिपिः भ्रष्टाचार हुने मुलुकमा नेपाल १०७ औँ स्थानमा परेको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रूपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल एक स्थान खस्किदै १०७ औँ स्थानमा परेको छ। गतवर्ष नेपाल ३५ अंक सहित १०८ औँ स्थानमा थियो। यसपटक एक अंक कम पाएर ३४ अंकसहित १०७ औँ स्थानमा झरेको छ।
सर्वेक्षण शुरु भएको १२ वर्षको अवधिमा नेपालको स्कोर र वरीयता क्रममा हालसम्मकै उच्च हो।
विभिन्न निकायहरूले गरेको सर्वेक्षणलाई विश्लेषण गरेर ट्रान्सपरेन्सी इन्टरनेशनलले सीपीआई सार्वजनिक गर्ने गर्दछ।
युरोपेली मुलुक डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देशमा परेको छ। ट्रान्सपरेन्सीको भ्रष्टाचार अवधारणा सूचकांकअनुसार उक्त देश कुल १०० मध्ये ९० अंक प्राप्त गरेर विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा परेको हो।
विगत ५ वर्षमा १८० देशमध्ये ७ वटा मुलुकहरुले भ्रष्टाचार अवधारणा सूचकांकमा उल्लेख्य प्रगति गरेका छन् ।
ट्रान्सपरेन्सीका अनुसार विश्वका दुई तिहाइ देशहरुले १०० मा ५० भन्दा कम अंक प्राप्त गरेका छन्। जसअनुसार सर्वेक्षण गरिएका १८० मुलुकको औसत अंक यस वर्ष ४३ कायम भएको छ ।
साउथ सुडान भने विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा दर्ज भएको छ। ५० भन्दा कम अंक पाउनेहरू भ्रष्टाचारले व्याप्त मुलुककै सूचीमा पर्छन ।