एस अधिवेशनः गण्डकी कार्यकर्तालाई नेपालको निर्देशन ‘भागो नही, दुनियाँको बदलो’

santan ads

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गण्डकी प्रदेशका कार्यकर्तालाई पार्टी जस्तोसुकै अवस्थामा भएपनि भाग्नुपर्ने वा आत्तिइहाल्नु पर्ने अवस्था नभएको बताएका छन् ।

प्रदेशको प्रथम अधिवेशनमा प्रमुख अतिथिकारुपमा शुभकामना सन्देश दिने क्रममा अध्यक्ष नेपालले सहभागीलाई भने ‘तपाइहरु निराश नहुनुहोस्, हरेक चुनौतिको सामना गर्नुहोस् ।’

अध्यक्ष नेपालले राहुल सांकृत्यायनको पुस्तक ‘भागो नही, दुनियाँको बदलो’लाई उद्धृत गर्दै सोही भावमा भने ‘राहुलले विषम परिस्थितिमा भनेका छन् भागो नही, दुनियाँको बदलो ।’ उनले कार्यकर्ताहरुले समाजवादको र पार्टीको कामको प्रचार गर्दै हिड्न अनुरोध गरे ।

प्रचाारप्रसार र हरेक स्थानमा सामना गर्दै हिँडे आफुले पार लगाएरै छाड्ने उनको दाबी छ ।

सोहीक्रममा पार्टीका शीर्ष नेता झलनाथा खनाल, महासचिव घनश्याम भुसाललगायतले अधिवेशन सफलताको शुभकामना दिँदै पार्टी कमजोर भएको हल्ला चलाइएको भन्दै पार्टीपंक्तिलाई सचेत हुन आग्रह गरेका थिए ।

आइतबारसम्म चल्ने अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र ३ सहसचिव रहेको पदाधिकारीसहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १ सय ४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।

Scroll to Top