नयाँलिपिः पोखरा रंगशालामा बिहीबार सम्पन्न खेलमा चर्च ब्वाइजले सडनडेथमा न्युरोड टिम (एनआरटी)लाई ६–५ ले पराजित गरेको छ ।
जितसँगै चर्च ब्वाइजले सेमिफाइनल प्रवेश गर्न त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ। एनआरटी भने पहिलो खेलबाटै बाहिरिएको छ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । त्यसैले ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरबाट धकेलिएको थियो ।
तर, टिकेन्द्रले टाइब्रेकर र त्यसपछि सडनडेथमा तीन प्रहार बचाए भने सडनडेथमा एक गोलसमेत गर्दै चर्च ब्वाइजलाई क्वार्टरफाइनलमा पुर्याए।
टाइब्रेकरमा चर्च ब्वाइजका नवीन लामा, मिलन राई, अकिन्स बाफर, अबायोमी फाकुन र प्रशान्त लक्षमले गोल गरे। सकल रेग्मीको प्रहार आकासियो।
एनआरटीका अञ्जन विष्ट, जय गुरुङ, सुमित श्रेष्ठ, विशाल सुनार र राजीव लोप्चनले गोल गरे । तर, एन्जल महर्जनको प्रहार बाहिरियो।
टाइब्रेकरमा ५–५ गोलको बराबरीमा सकिएकोपछि खेल सडनडेथमा पुगेका थिए । तर, टाइब्रेकरमा सुरुआती दुई प्रहार दुवै टोलीले सदुपयोग गर्न सकेनन् ।
त्यसपछि आएका टिकेन्द्रसिंह थापाले गोल गर्दा टिकेन्द्रले एनआरटीका माइकल मगरको अर्को प्रहार रोक्दै जित दिलाए।