रविले जहाँबाट चुनाव जिते त्यही दर्ता भयो सहकारी ठगीको मुद्दा

santan ads

नयाँलिपिः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामामा चुनाव जितेको क्षेत्र चितवनमा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेसहित १५ व्यक्ति र ६ कम्पनीविरुद्ध मुद्दा दर्ता भएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

रविलाई सहकारी ठगीमा मात्रै मुद्दा चलाइँदा अरु १२ जनालाई भने सङ्गठित अपराध कसुर पनि लगाइएको छ ।

सरकारी वकिलको कार्यालयले रवि र अन्य विरुद्ध सोमबारै मुद्दा दर्ता गर्ने तयारी गरेपनि आजमात्रै मुद्दा दर्ता भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि असोज ८ गते दर्ता गरेको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यसबेला रविको नाम किटान गरिएको थिएन ।

मंगलबार दर्ता भएको मुद्दामा रविसहित १५ जना प्रतिवादी छन् । त्यसैगरी गितेन्द्रबाबु राई अध्यक्ष रहेको गोर्खा मिडिया प्रालि र साहरा बचतसहित ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले तयार गरेको अनुसन्धान प्रतिवेदनमा उक्त सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको कुरा छ ।

सहकारीबाट गोर्खा मिडियासहित विभिन्न कम्पनीमा गएको रकमसहित ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको हो।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतबाट जम्मा २ करोड २५ लाख धरौटी बुझाएर छुटिसकेका छन् ।

Scroll to Top