नयाँलिपिः नेकपा (माओवादी केन्द्र) समर्थित पत्रकाहरुको छाता संगठन प्रेस सेन्टर नेपाल, गण्डकीको तेस्रो अधिवेशन सुरु भएको छ ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने सेन्टर गण्डकीका अध्यक्ष अर्जुन काफ्लेले जानकारी दिए । अधिवेशन उद्घाटन समारोहमा विभिन्न पत्रकार संगठनका प्रतिनिधि सहभागी छन् ।
अधिवेशनको पार्टी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने भनिएपनि काठमाण्डौंमा पार्टीकाे पदाधिकारी बैठक सकिन ढिलो भएकाले आज पाेखरा आउन सम्भव नभएको बताइएको छ ।
सेन्टरको प्रदेश अध्यक्षमा पत्रकार घनश्याम पाण्डे, सन्देश श्रेष्ठ र सन्तोष गौतमबीच प्रतिष्पर्धा हुने सम्भावना छ ।
अधिवेशन भोलीसम्म चल्नेछ ।