संकटा सभापति कप च्याम्पियन,कारोबार क्यासमा

santan ads

काठमाडौं । संकटा क्लब सभापति कपको च्याम्पियन बनको छ । सडेन डेथमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघको टोली वागमती प्रदेशलाई हराएर संकटा च्याम्पियन बनेको हो । पहिले संस्करणको सभापति कप फुटबल प्रतियोगिता च्याम्पियन बने संगै संकटाले २६ र वागमतीले १३ लाख हात पारे।

आयोजक नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले पुरस्कार बापतको रकम क्यासमै दिएको थियो ।

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिए पछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा ३–३ गोलको बराबरी भएपछि नतिजा  सडनडेथमा पुगेको थियो । आयोजकलाई संकटाले सडनढेढमा ४–३ ले पराजित गरेको हो ।

संकटाको जितमा लक्षु थापा,साम कार्लोस,दीप कार्की र सुनिल खड्काले गोल गरे । यता बाग्मतीका नवीन लामा,फोडे फोफाना र सन्दीप कार्कीले मात्र गोल गरे ।

 

Scroll to Top