एजेन्सी । बुधबार राती अमेरिकी विमान दुर्घटनामा परि अहिले सम्म ४० जनाको मृत्यु भएको जनाएको छ । उक्त विमान सेनाको हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो। उद्धार टोलीले ४० शव हिउँले भरिएको पानीबाट निकालेको सीएनएनले जनाएको छ।
अहिलेसम्म ४० को शव निकालिए पनि विमानमा सवार ६४ र हेलिकप्टरमा सवार ३ जनाकै मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।
६० जना यात्रु र ४ जना चालक दलसहित सवार उक्त विमान र हृलिकप्टर दुर्घटनमा कोही पनि बाँच्न नसक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्।
हेलिकप्टरमा तीन जना सैनिक सवार थिए। रसियाले विमानमा आफ्ना केही नागरिक पनि सवार रहेको पुष्टि गरेको छ।
जेट क्यान्ससबाट वासिङ्गटन आउँदै गरेको अमेरिकन एयरलाइन्सको सीआरजे ७००० बम्बार्डियर जेट र अमेरिकी सेनाको ब्ल्याकहक (एच) ६०० हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको थियो। हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको एजेन्सीहरूले उल्लेख गरेका छन्।
घटनामा संलग्न अनुसन्धानकर्मीहरूले हेलिकप्टर किन त्यो उचाइमा उडेको थियो भन्ने विषयमा सोधपुछ गरिरहेको बताइएको छ।
हेलिकप्टरमा सेनाका कुनै वरिष्ठ अधिकारी थिएनन्, तर त्यसमा सवार सैनिकको अवस्था पनि स्पष्ट छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘रेगन नेसनल एयरपोर्टमा भएको दुर्घटनाबारे मैले पूर्ण जानकारी पाएको छु। अवस्थाको अनुगमन भइरहेको छ।’ उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेका छन ।
यसअघि एयर ट्राफिक कन्ट्रोलरहरूले अमेरिकी सेनाको हेलिकप्टरलाई यात्रु विमानसँग ठोक्किने मार्गमा रहेको चेतावनी दिएका थिए। उक्त दुर्घटनाको अडियोमा नियन्त्रण कक्षका मानिसहरूको सास रोकिएको आवाज सुनिएको छ।