नयाँलिपिः आगामी फागुन ३ गते ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारीस्वरुप आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहीबार पोखराका पत्रकारसँग छलफल गरेको छ ।
आयोजकले म्याराथनलाई सफल पार्न गरिरहेको तयारी र यसमा आवश्यक सल्लाह लिने उद्देश्यले छलफलको आयोजना गरेको हो । कार्यक्रममा पोखराका वरिष्ठ पत्रकार र मञ्चका कार्यकारी पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
छलफलका दौरान प्रतियोगिता संयोजक तेजबहादुर गुरुङले म्याराथनका विभिन्न विधाबारे जानकारी दिए । ‘विकास र चेतनामूलक नारासहित आयोजना भइरहेको म्याराथनमा यसपटक ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानका लागि दौडौँ भन्ने नारा दिइएको छ’ गुरुङले भने ।
उनका अनुसार आयोजक मञ्चलाई अन्य २८ उपसिमितिले सघाउनेछन् ।
म्याराथनको प्रथम पुरस्कार नगद रु ५, द्वितीयलाई ३ र तृतीयलाई २ लाख रुपैयाँ र सान्त्वनास्वरुप चौथोदेखि आठौंसम्मलाई नगद ३० देखि १० हजार रुपैयाँ रहेको छ ।
यसैगरी महिला हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्र/छात्र, ह्विल चियर तथा दृष्टिविहिन पुरस्कार राशीमा समेत वृद्धि गरेको आयोजकले जनाएको छ ।
यसवर्ष पुरस्कारमामात्रै २१ लाख ३४ हजार रुपैयाँ खर्च हुने जनाइएको छ भने दौड सम्पन्न गर्न १ करोड ८९ हजार रुपैयाँ अनुमानित खर्च छ ।
संयोजक गुरुङले पहिलो पटक मासिक दौडकोसमेत आयोजना गरेको बताउँदै विदेशमा प्रचलित ‘पार्करन’लाई पनि आयोजना गर्ने जानकारी दिए ।
मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले २ करोड रुपैयाँको अक्षयकोष स्थापना गरी खेल प्रवद्र्धनकासाथै नयाँ खेलाडी उत्पादनको लक्ष्य राखेको सुनाए । उनले म्याराथन मञ्चले आयोजना गरेपनि पोखराकै मान र शान रहेको उल्लेख गरे ।
छलफलकाक्रममा पोखराका वरिष्ठ र अनुभवी पत्रकारहरुले म्याराथनलाई सफलतापूवर्क आयोजना गर्न विविध सुझाव दिएका छन् ।
कूल १४ विधा रहेको दौडमा खुला म्याराथन ४२.१९५ किमि, गण्डकी प्रदेशस्तरीय खुला म्याराथन ४२.१९५ किमि दौड, २१.०९७ किमि हाफ म्याराथन महिला/पुरुष दौड, महिलारपुरुष १० किमि दौड, विद्यालयस्तरिय छात्र/छात्रा ५ किमि दौड, महिलारपुरुष ह्विल चियर तथा दृष्टिविहिन महिला/पुरुष दौड, ५० वर्ष भन्दा माथी ५ किमि भेट्रान्स महिला/पुरुष दौड हुनेछन् ।
म्याराथनको प्रथम पुरस्कार नगद रु ५, द्वितीयलाई ३ र तृतीयलाई २ लाख रुपैयाँ र सान्त्वनास्वरुप चौथोदेखि आठौंसम्मलाई नगद ३० देखि १० हजार रुपैयाँ रहेको छ ।
यसैगरी महिला हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्ररछात्र, ह्विल चियर तथा दृष्टिविहिन पुरस्कार राशीमा समेत वृद्धि गरेको आयोजकले जनाएको छ ।