एन्फा लिग महिला फुटबल : एपिएफ च्याम्पियन

santan ads

काठमाडौं । काठमाडौंमा जारी एन्फा लिग महिला फुटबलको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) च्याम्पियन बनेको छ ।
आज भएको खेलमा नेपाल पुलिसलाई ४–० गोलले पराजित गर्दे च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे ।

एपीएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल पुगेको थियो ।

Scroll to Top