पोखरामा रविः साधारण तारेखको माग गर्दै उच्चमा ७३ नम्बरको निवेदन

santan ads

दिपक के श्रेष्ठः रुपन्देही जिल्ला अदालतबाट आइतबार भएको फैसलाअनुरुप १ करोड रुपैयाँ धरौटी बुझाएर निस्किएका रास्वपा सभापति रातारात पोखरा आइपुेगको थिए ।

पोखरा आएर आज लामिछानेले कास्की जिल्ला अदालतको आदेशउपर उच्च अदालतमा निवेदन दिएका छन् । उच्चमा उनले दिएको ७३ नम्बरको निवेदनमा साधारण तारेखको माग गरेका छन् ।

लामिछानेलाई सुर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की अदालतले ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । सोही आदेशविरुद्ध उनी उच्च पुगेका हुन् ।

यता, सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिकातर्फबाट पनि उच्चमा निवेदन दिइएको छ । निवेदनमा लामिछानेलाई पुर्पक्षमा थुनामा राखि थप प्रक्रिया अघि बढाउन भनिएको छ ।

उच्चमा मुद्दा दर्ता गरी बाहिरिनेक्रममा सञ्चारकर्मीसँग लामिछानेले कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘म अहिले केही बोल्दिन, समय आएपछि बोल्छु’ लामिछानेको सटिक भनाई थियो । रुपन्देही अदालतबाट बाहिरिँदा पनि उनले यही प्रतिक्रिया दिएका थिए ।

सञ्चारकर्मीको आग्रह टार्न नसकेका लामिछानेले भने ‘आम नागरिकले जे बोलिरहनु भएको छ, मेरो पनि त्यही आवाज हो ।’

Scroll to Top