‘नीलो आँखा’लाई अब फिल्मको पर्दामा उतारिने

santan ads

नयाँलिपिः भारतको कुम्भमेलामा रुद्राक्षको माला बेचिरहेकाबेला सामाजिक सञ्जालमा एकाएक छाएकी मोनालिसा अब चलचित्रको पर्दामा देखिने भएकी छिन् ।

मोनालिसाको नीलो आँखाको जादुले भारतमात्र हैन पुरै दुनियाँलाई मोहित बनायो । यसैबीच भारतीय फिल्म इन्डष्ट्रिजले उनको नीलो आँखालाई अब विश्वव्यापी बनाउने भएको छ ।

भारतीय मिडियाका अनुसार मोनालिसालाई निर्देशक सनोज मिश्राले उनलाई चलचित्रमा उतार्ने भएका छन् ।

मिश्राका अनुसार फिल्म ‘द डायरी अफ मणिपुर’मा मोनालिसालाई लिड रोलमा खेलाइनेछ भने अप्रिलबाट सुटिंग सुरु हुनेछ ।

फिल्ममा मोनालिसा रिटायर्ड आर्मी अफिसरको भूमिकामा देखिने छिन् । फिल्मलाई नोभेम्बरमा रिलिज गरिने छ । फिल्मपछि मोनालिसाको आर्थिकस्तर सुधारिने अपेक्षा गरिएको छ ।

सामाजिक सञ्जालमा मोनालिसाको अन्तर्वार्ता हेरेपछि निर्देशक मिश्रा उनलाई भेट्न प्रयागराज महाकुम्भ पुगेका थिए ।

एजेन्सीको सहयोगमा

Scroll to Top